अर्धनग्न अवस्थामा एक युवतीको शव फेला
  • CIA Khabar

  • झापा। झापाको बिर्तामोडमा सोमबार बिहान अर्धनग्न अवस्थामा एक युवतीको शव फेला परेको छ ।

    बिर्तामोड नगरपालिका– ५ स्थित पूर्व–पश्चिम राजमार्गको सुगम पेट्रोल पम्म उत्तरको गल्लीमा २५ वर्षीय युवती सृजना बस्नेत अर्धनग्न अवस्थामा मृत फेला परेकी हुन् ।

    सानिमाको घरमा स–परिवार बस्दै आएकी सृजना घरको आगनमा अर्धनग्न अवस्थामा मृत भेटिएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

    उनी बिर्तामोडस्थित सृजनशील सहकारी संस्थामा कलेक्टरको काम गर्दै आएको बुझएको छ ।
    घटनास्थल शिल गरेर घटनाको विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यले जानकारी दिए ।

     

     

  • २८ असार २०७८, सोमबार ०९:१५ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images