अदालतको फैसलाले संविधान र राष्ट्रको गरिमा उँचो राखेको छ : प्रचण्ड
  • CIA Khabar

  • काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतले गरेको फैसला इतिहासमै एउटा महत्वपूर्ण परिघटना भएको बताएका छन् ।

    सर्वोच्च अदालतको फैसलाबारे प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले यसलाई नेपाल र नेपाली जनताको जीतको संज्ञा दिए । प्रचण्डले सर्वोच्चले संविधान र राष्ट्रको गरिमालाई उँचो बनाएको भन्दै धन्यवाद दिएका छन् ।

    फैसलालाई ‘इतिहासकै एउटा महत्वपूर्ण परिघटना’ बताउँदै प्रचण्डले नेपाल र नेपाली जनताको जीत भएको बताए । उनले भने, ‘अदालतको आजको फैसलाले संविधान र राष्ट्रको गरिमालाई उँचो राखेको छ ।’

    प्रचण्डले सर्वोच्च अदालत, प्रधानन्यायाधीश तथा अन्य न्यायाधीशहरुलाई पनि बधाई र धन्यवाद दिएका छन् । उनले भनेका छन्, ‘उहाँहरुले संविधान र राष्ट्रको गरिमालाई उँचो बनाउनुभयो र न्यायालयको गरिमामयलाई पनि उँचो बनाउनुभयो । यसको लागि उहाँहरु बधाईको पात्र हुनुहुन्छ ।’

    पटकपटकको संसद विघटन र संविधानमाथि भएको प्रहारबाट आम नेपाली जनता आजित भएको स्थिति रहेको बताउँदै उनले अदालतको आदेशलाई इतिहासले सम्मान गरिराख्ने उल्लेख गरे ।

  • २८ असार २०७८, सोमबार १६:३७ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images