फेरि २८ सयकै यात्रामा फर्कियो नेप्से, कारोबार भने ९ अर्ब
  • CIA Khabar

  • काठमाडौँ ।  साताको पहिलो दिन ७३ अंकले बढेर नेप्सेले २९ सय अंकको यात्रा सुरु गरे पनि सोमबार पुनः फर्किएर २८ सयकै यात्रामा आइपुगेको छ । सोमबार शेयरबजार परिसूचक नेप्से ४५ दशमलव ०६ अंकले घटेर २८५४ दशमलव ७६ अंकमा पुगेको हो । नेप्से इन्डेक्ससँगै सेन्सेटिभ इन्डेक्स पनि ८ दशमलव ६२ अंकले घटेर ५ सय ३४ दशमलव ८१ अंकमा पुगेको हो ।

    आइतबार लगानीकर्तालाई उत्साहित बनाएको बजारले सोमबार भने निरास बनायो । निरन्तर एक हप्तासम्म घटेको बजारबाट बाहिरिन चाहने लगानीकर्ताले हिजो बढ्नासाथ प्रोफिट बुक गर्नतर्फ लाग्दा त्यसको प्रभाव आजको बजारमा देखिएको हो ।

    कारोबारमा आएका २ सय २९ कम्पनीको २ करोड ६० लाख २१ हजार १ सय ४ कित्ता शेयर ९ अर्ब ९८ करोड २६ हजार ५ सय २७ रुपैयाँको कारोबार भयो । नेप्से घटेसँगै त्यसको प्रभाव आज कारोबारमा आएको सम्पूर्ण समूहमा पर्दा म्युचुअल फण्डबाहेक सबै उपसमूहको सूचक घटेर राताम्मे बन्न पुग्यो ।

    जसमा सबैभन्दा धेरै फाइनान्स समूहको सर्बाधिक २ दशमलव ९१ प्रतिशतले सूचक घट्न पुगेको हो । आइतबार सर्वाधिक कमाउन सफल फाइनान्स समूह आज भने नकारात्मक बन्न पुगेको हो ।

    कम्पनीगत रूपमा भने आज सबैभन्द धेरै कमाउनेमा समृद्धि फाइनान्स अगाडि छ । दोहोरो अंकले घटेको बजारमा आज मात्र १० कम्पनीको शेयरमूल्य बढ्न पुगेको छ, जसमा अधिकांश म्युचुअल फण्ड छन् । यीबाहेक १ सय ७० कम्पनीको शेयरमूल्य घटेको पुगेको हो ।

    युनियन हाइड्रोपावरको सबैभन्दा धेरै शेयरमूल्य घटेको छ । यो कम्पनीको ५ दशमलव ३३ प्रतिशत अर्थात् २० रुपैयाँले शेयरमूल्य घटेको हो । योसँगै खानीखोला जलविद्युत्, ओरियन्टल होटलको पनि ५ प्रतिशतभन्दा धेरैले शेयरमूल्य घटेको छ ।

    कारोबारका आधारमा भने आज निर्धन उत्थान लघुवित्त अगाडि आएको छ । यो कम्पनीको ४७ करोड २६ लाख ५२ हजार ९ सय ५२ रुपैयाँको शेयर किनबेच भएको हो । योसँगै एनआइसी एसिया, राष्ट्रिय बीमा कम्पनीको प्रमोटर शेयर, छिमेक लघुवित्त र नेपाल बैंकको सर्वाधिक कारोबार भएको छ ।

  • २८ असार २०७८, सोमबार १६:५१ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images