संविधान बचाउने अभियान सफल भयो, देउवाजीलाई बधाई दिन्छु: रामचन्द्र पौडेल
  • CIA Khabar

  • काठमाडौँ ।   नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वोच्च अदालतले लोकतन्त्र र संविधानको रक्षा गरेको बताएका छन् ।

    पौडेलले अदालतले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न जारी गरेको परमादेशले विपक्षी गठबन्धनको संविधान बचाउने अभियान सफल भएको बताएका हुन् ।

    ‘सर्वोच्च अदालतले संविधान बचाउने अभियानलाई सफल बनाएकाले न्यायमूर्तिलाई धन्यवाद र मित्र शेरबहादुर देउवालाई पनि बधाई दिन्छु ,’ पौडेलले भने ।

    प्रधानमन्त्री केपी ओलीले निरन्तर गैरसंवैधानिक कदम चालेर संविधानलाई ध्वस्त बनाइरहेको विपक्षी गठबन्धनको आरोप थियो ।

    प्रधानमन्त्री ओलीले ८ जेठमा प्रतिनिधिसभा दोस्रो पटक विघटन गरेपछि संविधानलाई ध्वस्त बनाएको पौडेलको तर्क थियो ।

  • २८ असार २०७८, सोमबार १७:१० प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images