सर्वोच्चको फैसलाप्रति असहमति रहे पनि मानेर अघि बढ्छौँ स: नेवाङ
  • CIA Khabar

  • काठमाडौँ। एमाले नेता सुवास नेम्वाङले सर्वोच्च अदालतको फैसलाप्रति असहमति जनाउँदै मानेर अघि बढ्ने बताएका छन् ।

    सर्वोच्चले सोमबार गरेका फैसलाले विधान, संवैधानिक अभ्यास, संसारभरि रहेका संसदीय प्रणाली, र त्यसका मूल्य मान्यताहरु, हामीले अस्वीकृत गरेको निर्दलीय व्यवस्थाका मान्यताहरु लगायत विविध सन्दर्भमा गम्भीर प्रश्नहरु उठ्ने नेवाङको तर्क छ ।

    उनले भने, ‘अदालतको निर्णय गलत हुँदाहुँदै पनि आफूहरु कानूनको शासन र लोकतन्त्रमा विश्वास गर्ने भएकाले सर्वोच्च अदालतको यो गलत निर्णयलाई मान्छौँ ।’

    सर्वोच्चको फैसलामा असहमति जनाउँदै संविधान बमोजिम आफूहरु अगाडि बढ्ने उनले बताए ।

  • २८ असार २०७८, सोमबार १७:१७ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images