फैसलाले लिक बाहिर धकेलिएको संविधानलाई ट्र्याकमा ल्याएको छ :देउवा
  • CIA Khabar

  • काठमाडौँ ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतको फैसलाको स्वागत गर्दै लोकतान्त्रिक विधिको शासनलाई जोगाएको प्रतिक्रिया दिएका छन् ।

    उनले अदालतले निष्पक्ष फैसला गरेको बताएका हुन् । सभापति देउवाले अदालतले संविधान विपरीत गरिएका कदमलाई सच्याएको बताउँदै अदालतको फैसला ऐतिहासिक भएको उल्लेख गरे ।

    देउवाले विज्ञप्ति जारी गर्दै फैसलाले लिक बाहिर धकेलिएको संविधानलाई ट्रयाकमा ल्याएको बताएका हुन् । उनले स्वतन्त्र न्यायपालिकाप्रतिको आस्था र विश्वासलाई थप अभिवृद्धि गरेको बताएका छन् ।

    देउवाले भनेका छन्, ‘देश र जनताको हितमा संयम र एकतासाथ समर्पित भएर कार्य गर्न हामी सबैलाई फैसलाले अझ जिम्मेवार बनाएको छ । कसैले पनि यसलाई ब्यक्तिगत जीत हारको बिषयका रूपमा नलिई लोकतन्त्र, लोकतान्त्रिक संविधान अनि समग्रमा देश र जनताको हितमा उपयोग गरेर जानुपर्दछ भन्ने अपील र आग्रह पनि म गर्न चाहन्छु ।’

    यस्तै, उनले सरकार गठनका विषयमा पाँच दलको छलफल भइरहेको बताए । सर्वोच्च अदालतले आज प्रतिनिधिसभा विघटन बदर गरिदिएको छ । यस्तै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्चले परमादेश जारी गरेको छ ।

     

  • २८ असार २०७८, सोमबार १७:३६ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images