नियुक्तिमा संविधानको धारा उल्लेख गर्नुपर्ने देउवाको अडानले पछि धकेलियो प्रधानमन्त्रीको सपथ
  • CIA Khabar

  • नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री नियुक्ती गर्ने राष्ट्रपति कार्यालयको पत्रमा धारा उल्लेख नभएकोले सच्याउन अडान राखेका छन्।

    देउवाले मुख्यसचिव शंकरदास बैरागीमार्फत् उक्त पत्र सच्याउन भनेका थिए।

    ‘राष्ट्रपति र प्रधानमन्त्रीबीच सम्बन्ध सुमधुर हुनुपर्छ भनेरै सरकारका मुख्यसचिव शंकरदास बैरागीलाई बोलाएर नियुक्ति पत्रमा संविधानको धारा उल्लेख गर्न भनिएको हो,’ देउवा निकट एक नेताले भने, ‘संविधानको धाराअनुसार प्रधानमन्त्री बन्ने भएकोले नियुक्तिमा धारा उल्लेख गर्नैपर्छ भन्ने सभापतिज्यूको अडान रह्यो।’

    देउवानिकट एक नेताले सेतोपाटीलाई दिएको जानकारीअनुसार पत्र सच्याउने शर्तपछि देउवा बुढानिलकण्ठबाट शितल निवासका लागि हिँडेका छन्।

    राष्ट्रपति कार्यालयले सर्वोच्चको आदेशअनुसार आज देउवालाई प्रधानमन्त्री नियुक्त गरेको उल्लेख गरेको थियो।

    ‘सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूबाट श्री सर्वोच्च अदालत, संवैधानिक इजलासको मिति २०७८ र०३र२८ को फैसला बमोजिम प्रतिनिधिसभाका सदस्य एवं नेपाली कांग्रेस संसदीय दलका नेता माननीय श्री शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरिएको छ’ राष्ट्रपति कार्यालयको विज्ञप्तिमा उल्लेख थियो।

    यसमा संविधानको धारा ७६ को ५ अनुसार नियुक्त हुनुपर्ने कुरा छुटेकोमा देउवाले नियुक्ति सच्याउन भनेका थिए।

    राष्ट्रपतिले सपथका लागि आज साँझ ६ बजेका लागि बोलाएकी थिइन्। तर आधा घण्टा ढिलो मात्रै देउवा निवासबाट शितल निवासका लागि हिँडेका हुन्।

    आज देउवाले सानो आकारमा मन्त्रीमण्डल विस्तार गर्न लागेका छन्। कांग्रेसबाट बालकृष्ण खाँण, ज्ञानेन्द्र कार्की तथा नेकपा माओवादी केन्द्रबाट जनार्दन शर्मा र पम्फा भुसाललाई मन्त्री बनाउने तयारी छ।

  • २९ असार २०७८, मंगलवार १९:२१ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images