नवनियुक्त प्रधानमन्त्री देउवा शितल निवासमा
  • CIA Khabar

  • काठमाडौँ । राष्ट्रपति कार्यालयबाट विज्ञप्ति सच्चिएको खबर आएपछि नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा सपथ लिन शीतल निवास पुगेका छन् ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री युक्त गर्दै जारी गरेको विज्ञप्तिमा संविधानको धारा उल्लेख नगरेकोप्रति देउवाले आपत्ति जनाएका थिए।

    राष्ट्रपति कार्यालयले विज्ञप्ति नसच्याए सम्म सपथ नलिने अडान राखेपछि ६ बजेका लागि तोकिएको सपथ ग्रहण कार्यक्रम अहिलेसम्म शुरु हुन सकेको छैन।

    देउवाले आफू संविधानको धारा ७६ (५) अनुसार नियुक्त हुनुपर्ने भन्दै असहमति जनाएका हुन्। देउवाको अडानपछि राष्ट्रपति कार्यालय विज्ञप्ति सच्याउन तयार भएको बुझिएको छ।

    देउवा सर्वोच्चको परमादेश अनुसार प्रधानमन्त्री नियुक्त्त भएका हुन्।

  • २९ असार २०७८, मंगलवार १९:३७ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images