देउवा सरकारका नवनियुक्त चार मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ
  • CIA Khabar

  • काठमाडौँ ।  शेरबहादुर देउवा सरकारका नवनियुक्त चार मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

    राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित एक समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त चार मन्त्रीलाई शपथ गराएकी हुन् ।

    राष्ट्रपतिबाट नवनियुक्त मन्त्रीहरू बालकृष्ण खाँड, ज्ञानेन्द्रबहादुर कार्की, जनार्दन शर्मा र पम्फा भुसालले शपथ लिएका हुन् ।

    नवनियुक्त मन्त्री खाँडले गृह मन्त्रालयको जिम्मेवारी पाएका छन् भने कार्कीलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

    त्यस्तै, शर्मालाई अर्थ मन्त्रालय र पम्फा भुसाललाई ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

  • २९ असार २०७८, मंगलवार २१:२९ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images