प्रधानमन्त्री देउवालाई माधव नेपालले दिए सबैभन्दा पहिले बधाई
  • CIA Khabar

  • काठमाडौँ ।  प्रधानमन्त्री शेरबहादुर देउवालाई सबैभन्दा पहिले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले बधाई दिएका छन् ।

    राष्ट्रपति कार्यालय शीतलनिवासमा शपथ कार्यक्रम सकिनेबित्तिकै नेता नेपालले हात देउवालाई मिलाएर बधाई दिए ।

    त्यसपछि माओवादी केन्द्रका पुष्पकमल दाहाल ुप्रचण्डु कांग्रेसका वरिष्ठ नेता नेता रामचन्द्र पौडेल, पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई, उपेन्द्र यादवलगायत देउवालाई बधाई दिएका थिए ।

    निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली भने देउवाको शपथ समारोहमा उपस्थित थिएनन् ।

    सर्वोच्च अदालतको सोमबारको फैसलापछि राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । सर्वोच्चको फैसलापछि संविधानको धारा ७६९५० अनुसार देउवा प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।

  • २९ असार २०७८, मंगलवार २१:३७ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images