ज्वाला सङ्ग्रौलासहित ४ जना धरौटीमा रिहा
  • CIA Khabar

  • काठमाडौँ । आफुलाई ‘सामाजिक अभियानी’ दाबी गर्ने ज्वाला सङ्ग्रौलासहित ४ जना धरौटी तिरेर रिहा भएका छन् ।

    जिल्ला अदालत काठमाडौँले ज्वाला सङ्ग्रौला, उनका पति हिमालप्रसाद उपाध्याय, शर्मिला वाइबा भन्ने शर्मिला राई र यम बहादुर खड्कालाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

    महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी अशोक सिंहका अनुसार मङ्गलबार अदालतको आदेशपछि उनीहरू जनही १० हजार धरौटी तिरेर रिहा भएका हुन् ।

    अभद्र व्यवहार मुद्दामा चारै जनाले जनही १० हजार धरौटी तिरेका छन् । जातीय विभेद विरुद्धको कसुरमा अदालतले उनीहरूलाई साधारण तारेखमा छाड्न आदेश गरेको छ ।

  • ३० असार २०७८, बुधबार ०८:२१ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images