ओलम्पिकको उद्घाटनमा नेपालको झण्डा गौरीकाले बोक्ने
  • CIA Khabar

  • जापानको राजधानी टोकियोमा आयोजना हुने ओलम्पिक खेलको उद्घाटन समारोहमा नेपालको झण्डा पौडी खेलाडी गौरीका सिंहले बोक्ने भएकी छन् । नेपाल ओलम्पिक कमिटीले नेपाल यात्रा कार्यक्रममार्फत आज टोकियो ओलम्पिकमा नेपालको झण्डा बोक्ने खेलाडीको नाम सार्वजनिक गरेको हो ।

    टोकियो ओलम्पिकमा नेपालबाट चार खेलका पाँच खेलाडीले सहभागिता जनाउने छन् । सिंहले दोस्रो पटक ओलम्पिक खेल्न लागेकी हुन भने अन्य चार खेलाडी पहिलो पटक ओलम्पिकमा सहभागी बन्दैछन् । उनले सन् २०१६ मा रियो ओलम्पिकमा सहभागिता जनाएकी थिइन् । नेपालमा आयोजना भएको १३औँ दक्षिण एसियाली खेलकूद मा सिंहले पौडीमा चार स्वर्ण, दुई रजत र तीन कांस्य पदक प्राप्त गरेकी थिइन् ।

    टोकियो ओलम्पिकमा सिंहसहित पौडीबाट एलेक्स शाह, एथलेटिक्सकी सरस्वती चौधरी, सुटिङकी कल्पना परियार तथा जुडोकी सोनिया भट्टले सहभागिता जनाउने छन् । सिंहले महिला १०० सय फ्रि स्टाइल, एलेक्सले पुरुष १०० मिटर फ्रि स्टाइलमा, परियारले महिला १० मिटर एयर राइफल, भट्टले महिला ४८ किलो तौल समूह तथा चौधरीले महिला १०० मिटर दौडमा सहभागिता जनाउने छन् ।

  • ३० असार २०७८, बुधबार ०८:५३ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images