जम्मु काश्मीर । भारतको जम्मु काश्मीरस्थित रमबन जिल्लामा नयाँ पुल निर्माण कार्य शुरु भएको छ ।
रमबनस्थित गुल र रिआसी क्षेत्र जोड्ने पुल निर्माण कार्यले स्थानीयहरु उत्साहित बनेका छन् । पुरानो झोलुंगे पुल हटाएर नयाँ आधुनिक पुल निर्माण कार्य शुरु गरिएको हो । सन् १९६३ मा निर्मित उक्त झोलुंगे पुल जम्मु काश्मीर सरकारले सन् २०१९ मा प्रयोग गर्न अयोग्य भएको बताएको थियो । शुरुमा १५ टोन भार वहन क्षमता रहेको उक्त झोलुंगे पुल जीर्ण भएको भन्दै सन् २०१८ यता ५ टोन भन्दा कम तौलका सवारीहरु मात्र गुड्न दिईएको थियो । पुल जीर्ण भएपछि यातायतमा समस्या भईरहेको बेला केन्द्र सरकारले स्थानीयको माग कार्यन्वयन गरेको भन्दै स्थानीहरुले खुसी व्याक्त गरेका छन् । स्रोत एनी न्युज