गण्डकी सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट बहुमतले पारित भएको छ ।
प्रमुख प्रतिपक्षी दल एमालेको विरोधबीच बुधबारको संसद बैठकले सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट बहुमतले पारित गरेको हो ।
एमालेले १०बुँदे माग राख्दै संसद बैठक चल्न नदिने अडान लिएको थियो । तीन पटक बैठक स्थगित भए पनि सहमति जुट्न सकेको थिएन ।
चौथो बैठकमा सभामुख नेत्रनाथ अधिकारीले विनियोजन विधेयक-२०७८ प्रस्तुत गर्न मुख्यमन्त्रीलाई बोलाएपछि एमाले विरोधमा उत्रिएको थियो ।
एमाले रोष्टमतिर जान लागेपछि मार्सल नै लगाएर सभामुख अघिकारीले विधेयक निर्णयार्थ प्रस्तुत गरेका थिए ।