प्रधानमन्त्री देउवा गए नेपाललाई भेट्न कोटेश्वर
  • CIA Khabar

  • काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वर प्रस्थान गरेका छन् ।

    प्रधानमन्त्री नियुक्त भएपछि देउवा नेता नेपाललाई भेट्न पहिलो पटक कोटेश्वर गएका हुन् । प्रधानमन्त्री देउवा नेता नेपाललाई भेट्न सिंहदरबारबाट बाहिरिएका छन् । यसअघि नै कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का भने कोटेश्वर पुगिसकेका छन् ।

    संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री बन्न एमालेको नेपाल पक्षका २३ जना सांसदहरूले देउवालाई समर्थन दिएका थिए ।

  • ३० असार २०७८, बुधबार १७:४२ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images