बैंकिङ कसूरको आरोपमा लामा पक्राउ
  • CIA Khabar

  • काठमाडौं । प्रहरीले बैंकिङ कसूरको आरोपमा काभ्रेबाट सत्यमान लामालाई पक्राउ गरेको छ ।

    बैंकिङ कसूरको आरोपमा उच्च अदालत पाटनबाट पक्राउ पुर्जी जारी भएपछि लामालाई पक्राउ गरेको काभ्रेका प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले जानकारी दिए ।

    जिल्ला प्रहरी कार्यालयले उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंमा बुझाएको छ । लामा यसअघि गुण्डागर्दीको आरोपमा पटक पटक पक्राउ परेका व्यक्ति हुन् । उनी गुण्डानाइके दावा लामाको सहयोगी पनि हुन् ।

  • ३१ असार २०७८, बिहीबार १८:१८ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images