पूर्वमन्त्री श्रेष्ठविरुद्ध अनुसन्धान बढाउन सर्वोच्चद्वारा अन्तरिम आदेश
  • CIA Khabar

  • काठमाडौँ । जातकै कारण कोठा नपाएकी रुपा सुनारले पूर्वमन्त्री कृष्ण गोपालविरुद्ध दिएको उजुरीमाथि सर्वोच्च अदालतले अनुसन्धान कार्य बढाउन अन्तरिम आदेश दिएको छ।

    बिहीबार न्यायाधीश प्रकाशमान सिंह राउत र नहकुल सुवेदीको इजलासले सो आदेश दिएको हो।

    ‘निवेदिकाले सरस्वती श्रेष्ठविरुद्ध दायर गरेको जाहेरी दरखास्त अनुसन्धानकै क्रममा रहेको र निज सरस्वती श्रेष्ठ हिरासत मुक्त हुँदाको अवस्थामा मन्त्रीको सार्वजनिक पदमा बहाल रहेका विपक्षी कृष्णगोपाल श्रेष्ठ उपस्थित भई हिरासतबाट निजलाई मन्त्रीको सरकारी सवारी साधनमा लगी भन्ने मिसिलबाट देखिएको र उक्त कार्यले मुद्दाको अनुसन्धान प्रक्रिया प्रभावित तुल्याएको भनी यिनै निवेदिकाले निज कृष्णगोपाल श्रेष्ठविरुद्ध दिएको जाहेरी दरखास्त रीतपूर्वक दर्ता भएको नपाइएकाले सो जाहेरी दरखास्त दर्ता गरी निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्नु गराउनु’ सर्वोच्चको आदेशमा भनिएको छ।

    मन्त्री श्रेष्ठले पदीय ओहोदा र सरकारी स्रोतको दुरुपयोग गरी संविधान तथा कानूनले बर्जित गरेको जातीय भेदभाव तथा छुवाछुत जस्तो गम्भीर मुद्दाको अपराध अनुसन्धानलाई प्रभावित गरेको आरोप लगाउँदै रुपाले रिट दायर गरेकी थिइन् ।

    कोठा भाडामा दिने विषयमा उनीमाथि जातीय विभेद गरेको भन्ने उजुरीमा पक्राउ परेकी सरस्वती प्रधानलाई तेस्रो दिनमा श्रेष्ठ आफैँ प्रहरी कार्यालयमा उपस्थित भएर छुटाएका थिए ।

    उनले सरकारी गाडीमा राखेर प्रधानलाई उनको घरसम्म पुर्‍याएका थिए । श्रेष्ठको यस्तो गतिविधिको चर्को विरोध भएको थियो ।

    आफूमाथि जातीय विभेद गरेको आरोप लगाउँदै सञ्चारकर्मी सुनुवारले सरस्वती प्रधानविरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन् ।

    उजुरीपछि प्रधान पक्राउ परेकी थिइन् । पक्राउ परेको तेस्रो दिनमा आरोपको प्रमाण नपुगेको कारण जनाएर प्रधानलाई रिहा गरिएको थियो ।

  • ३१ असार २०७८, बिहीबार २१:०५ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images