काठमाडौँ । इटालियन सिरी ‘ए’ फुटबलमा हरियो जर्सी लगाउन नपाईने भएको छ ।
सिरी ‘ए’ ले सन् २०२२/२३ को सिजनबाट हरियो रङ्गको जर्सीलाई प्रतिबन्ध गरेको फुटबल इटालियाले जनाएको छ ।
आगामी सिजन भने हरियो जर्सी लगाउन पाईने बताईएको छ ।
सिरी ‘ए’ को नयाँ नियमसँगै मुख्यत सासोउलोले आफ्नो परम्परागत जर्सी लगाउन नपाउने भएको छ । सासोउलोले हरियो र कालो रङ्ग प्रयोग गर्दै आइरहेको छ ।
सिरी ‘ए’ फुटबलको प्रत्यक्ष प्रशारण गर्ने टेलिभिजन कम्पनिहरुको आग्रहमा नयाँ नियम ल्याउन लागिएको बताईएको छ ।
मैदान र खेलाडीको रङ्ग एकै हुँदा टेलिभिजन लाईभ हेर्ने दर्शकलाई समस्या हुने गरेको बताईएको छ ।