काठमाडौँ । चीन सरकारले नेपाललाई कोभिड–१९ विरुद्धको थप १६ लाख डोज खोप अनुदानमा दिने भएको छ ।
आज बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँगको शिष्टाचार भेटमा नेपालका लागि चिनियाँ राजदूत होऊ यान्छीले चीन सरकारले अनुदानमा थप १६ लाख डोज खोप उपलब्ध गराउन लागेको जानकारी दिएकी हुन् ।
सर्वोच्च अदालतको आदेशमा कांग्रेस सभापति देउवा प्रधानमन्त्री नियुक्त भएको चार दिनपछि चीनले राजदूत यान्छीमार्फत बधाई दिँदै अनुदानमा थप खोप दिन लागेको जानकारी गराएको हो ।
चीनले यसअघि पनि ८ लाख र १० लाख गरी १८ लाख मात्रा खोप अनुदान दिइसकेको छ ।
सरकारले चीनसँग ४० लाख मात्रा खोप खरिद गरेको छ ।
हेर्नुहोस् परराष्ट्र मन्त्रलायले जारी गरेको विज्ञप्ति