मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ खण्ड अवरुद्ध
  • CIA Khabar

  • पर्वत । लगातारको वर्षाले मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ खण्ड अवरुद्ध भएको छ ।

    पर्वतको कुश्मा नगरपालिका–१ पाङको सहस्रधारामा पहिरो र लेदोले गएरातिदेखि नै सडक अवरुद्ध भएको हो । वर्षा नरोकिएकाले अहिले पनि लेदो खसिरहेको छ ।

    सडक खुलाउनका लागि जेसिबी र सुरक्षा निकाय तयारी अवस्थामा रहे पनि वर्षा नरोकिएकाले तत्काल खुलाउन समस्या देखिएको ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख कृष्ण खड्काले जानकारी दिए ।

    सडक अवरुद्ध हुँदा बागलुङ, म्याग्दी र मुस्ताङबाट छुटेका लामो तथा छोटो दूरीका सवारी साधन मालढुङ्गामा अलपत्र बनेका छन् भने अन्यत्रबाट आएका सवारी साधन अर्मादीमा अलपत्र बनेको प्रहरीले जनाएको छ । वर्षा रोकिएलगत्तै खुलाउनका लागि प्रयास गरिने प्रहरीले जनाएको छ ।

  • २ श्रावण २०७८, शनिबार ०७:५१ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images