चीन सरकारद्धारा हङकङ मा एक समचारपत्र बन्द
  • CIA Khabar

  • हङकङ । हङकङ मा लोकतन्त्रवादी आन्दोलन भड्काएको भन्दै चीन सरकारले एक समचार पत्र बन्द गराएको छ ।
    हङकङ मा चीन सरकारले लोकतन्त्रवादी लक्षित राजनीतिक दमन गर्दै आएको छ ।

    पछिल्लो समय हङकङ मा चीनको राजनीतिक दमनको कदम स्वरुप एक समचारपत्र बन्द गराएको छ । केही समय अघि लोकतन्त्रवादी आन्दोलन भड्काएको अभियोगमा एपल डेलीका संस्थापक जीमी लाई माथि २० महिना सम्म कारबाही सुनाईएको थियो । चीन सरकारको राजनीतिक दमन कै कारण हङकङ मा कुनै समयको सबैभन्दा धेरै बिक्रि हुने समचारपत्र एपल डेली बन्द भएको छ । सन् १९९५ मा हङकङ मा स्थापना भएको चिनियाँ भाषाको समचारपत्र एपल डेलीले चिनियाँ कम्युनिष्ट पार्टीको बिश्लेषण तथा आलोचना गर्दै आएको थियो ।

    हालसम्म चीन सरकारले उक्त समचारपत्रमाथि विज्ञापन बहिष्कार गर्दिने तथा कर्मचारीहरुमाथि भौतिक आक्रमण समेत गरेको बताईन्छ । चीन सरकारको हस्तक्षेप सामाना गर्दै आएका समचारपत्र संस्थापक जीमी लाई ले केही बर्ष अघि नै चीन सरकारले आफुलाई पक्राउ गर्न सक्ने बताएका थिए । हङकङ मा अभिव्याक्ति स्वतन्त्रतामाथि दमन हुँदै आएको लाईले बताएका थिए ।

    एपल डेली ले ड्राकोनियन कानुन उल्लघंन गर्दै सरकार बिरोधी काम गरेको भन्दै चीन सरकारले हस्तक्षेप गर्दै उक्त समचारपत्रमाथि कारबाही गरेको हो । हङकङ मा राष्ट्रिय सुरक्षाको रक्षाका लागि भन्दै चीन सरकारले कठोर ड्राकोनियन कानुन लागु गरेको छ । स्रोत जापान टाईम्स

  • २ श्रावण २०७८, शनिबार ०९:१६ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images