काठमाडौँ । सरकारले लामो दूरीका सार्वजनिक यातायातको भाडादर सार्वजनिक गरेको छ । शुक्रबार यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै भाडादरको सूचि सार्वजनिक गरेको हो ।
पेट्रोलियमको मूल्य वृद्धि भएपछि यातायातको भाडादर बढाइएको हो । विभागले तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङको गत असार २७ गतेको मन्त्रिस्तरीय निर्णय अनुसार भाडा वृद्धि गरेको थियो ।
मन्त्रिस्तरीय निर्णय अनुसार यात्रुवाहक सवारीसाधनको २८ प्रतिशत, पहाडी बाटोमा संचालन हुने मालवाहक सवारीसाधनको २० प्रतिशत र तराइमा संचालन हुने मालवाहक सवारी साधनको २६ प्रतिशत भाडा वृद्धि गरेको थियो ।