महन्थ पक्षलाई अर्को झड्का,आधा दर्जन सांसदले छाडे साथ
  • CIA Khabar

  • काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) अहिले विवादमा फसिरहेको छ। दुई अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवबीच कुरा नमिल्दा जसपा नफुटे पनि एकताबद्ध समेत हुन सकेको छैन ।

    यसैबीच सरकारबाट बाहिरिएको अध्यक्ष ठाकुर पक्षका ६ जना सांसदले उनको साथ छोडेका छन् । शुक्रबार बसेको ठाकुर पक्षको संसदीय दलको बैठकमा उनी निकटका ६ जना सांसद उपस्थित भएनन् ।

    अध्यक्ष ठाकुरसँग रहेका २० सांसद मध्ये ६ जना सांसदले उनको साथ छाडेका हुन् । केपी ओली सरकारमा रहदा मन्त्री बन्न नपाएका अध्यक्ष ठाकुर पक्षका नेताहरु अहिले असन्तुष्ट छन् ।

    शुक्रबार अध्यक्ष ठाकुरले बोलाएको बैठकमा राजकिशोर यादव, प्रमोद साह, अमृता अग्रहरी, रानी मण्डल, रुही नाथ र नरमाया ढकाल उपस्थित नभएपछि साथ छोडेको अनुमान लगाएको हो । उनीहरु बैठकमा सहभागी नहुँदा उपेन्द्र यादव समूहमा गएको चर्चा पनि शुरु हुन थालेको छ ।

  • २ श्रावण २०७८, शनिबार ११:१८ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images