शर्तसहित लामो दूरीको यातायात खुलाउन मन्त्रिपरिषदमा सिफारिस
  • CIA Khabar

  • Stranded passenger vehicles are parked due to bundh called by various small parties, at old Buspark, Ratnapark, Kathmandu on Monday.Photo: THT/ File

    काठमाडौँ । कोरोना महामारीको दोस्रो लहर आएसँगै बन्द रहेको लामो दूरीको सार्वजनिक यातायात खुलाउन मन्त्रिपरिषदमा सिफारिस पेश भएको छ ।

    कोभिड संकट व्यवस्थापन केन्द्र निर्देशक समिति (सीसीएमसी) ले सर्तसहित लामो दूरीको सार्वजनिक यातायात खुलाउन सिफारिस गरेको हो ।

    संक्रमणको परिस्थिति हेरेर लामो रुटमा चल्ने अन्तर–जिल्ला यातायातलाई खुलाउन शुक्रबार सुझावसहित सिफारिस गरिएको सीसीएमसी प्रवक्ता नूरहरि खतिवडाले जानकारी दिए ।

    ‘केही शर्तसहित लामो दूरीको सार्वजनिक यातायात खुलान सिफारिस गरेका छौँ’ प्रवक्ता खतिवडाले भने ।

    संक्रमण बढ्ने परिस्थिती आए पुनः यातायात बन्द गर्न सकिने भएपनि तत्कालका लागि खुलाउन भनिएको उनले जनाए ।

    अब बस्ने मन्त्रिपरिषद बैठकमा लामो दूरीको सार्वजनिक यातायात खुलाउनेबारे निर्णय हुन सक्ने उनको भनाइ छ ।

  • २ श्रावण २०७८, शनिबार १८:५४ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images