भारतको नारायणा हेल्थ समूहले नेपालीहरुको सस्तोमा उपचार र निशुल्क स्वास्थ्य शिविर पनि लगाउने
  • CIA Khabar

  • बेङ्गलुरु । भारतको प्रतिष्ठित स्वास्थ्य सेवा समूह नारायणा हेल्थ समूहले भारतमा उपचार गर्न आउने नेपाली समूदायलाई सस्तो र सहज उपचार प्रदान गर्ने भएको छ ।

    नेपाली काँग्रेस, तरुण विभागको विदेश समन्वय केन्द्रीय सदस्य एंव केयर फर क्योरका संचालक एल पी पाण्डेले आज कर्नाटकको बेङ्लोरमा गरेको भेटघाटमा नारायणा हेल्थका संस्थापक एवं चेयरमेन डाक्टर देवी शेट्टीले भारत भरि छरिएर रहेका नारायण हेल्थका  अस्पताल हरुमा नेपालीहरुका लागि सस्तो र सहज उपचारको व्यवस्था गर्ने बताउनु भएको छ ।

    भारतमा उपचार गराउन आउने नेपालीहरुको विषयमा आज डाक्टर शेट्टीसँग फलदायी छलफल भएको भन्दै एलपी पाण्डेले नारायणा हेल्थ समूहले भारतमा रहेका नेपालीहरु र भारतमा उपचार गराउन आउने नेपालीहरुका लागि बेला-बेलामा निःशुल्क स्वास्थ्य हेरचाह शिक्षा प्रदान गर्नुका साथै निशुल्क स्वास्थ्य जाँच शिविरहरु र नेपाली स्वास्थ्यकर्मीहरुको लागि निःशुल्क प्रशिक्षण कार्यक्रमहरु पनि आयोजना गरिरहने प्रतिवद्धता गरेको बताउनु भयो ।

  • २ श्रावण २०७८, शनिबार २१:१८ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images