संसदमा एमालेको आक्रोश देउवालाई अहिलेका श्रीमान् ५ ले प्रधानमन्त्री बनाए
  • CIA Khabar

  • काठमाडौँ। नेकपा एमालेका सचिव एवं सांसद प्रदीप ज्ञवालीले कांग्रेस सभापति शेरबहादुर दउवालाई श्रीमान् ५ ले प्रधानमन्त्री नियुक्त गरेको टिप्पणी गरेका छन् ।

    विश्वासको मत लिने प्रधानमन्त्री देउवाको प्रस्तावमाथि संसदमा भएको छलफलमा भाग लिँदै उनले राजतन्त्र रहँदा श्री ५ ले प्रधानमन्त्री नियुक्ती गर्ने भन्दै अहिले श्रीमान् ५ ले अदालतबाट प्रधानमन्त्री तोकेको टिप्पणी गरेका हुन् ।

    उनले भने, ‘उती बेला श्री ५ बाट प्रधानमन्त्री नियुक्त हुन्थ्यो, अहिले श्रीमान् ५ बाट प्रधानमन्त्री नियुक्त भएको छ ।

    रेफ्रीले हानेको गोलबाट देउवा प्रधानमन्त्री भएको उनको भनाइ थियो । सर्वोच्च अदालतले संविधानको धारा ७६ ९५० लाई अपव्याख्या गरेको आरोप लगाउँदै उनले फैसलाको आलोचना गरे । सांसद ज्ञवालीले सर्वोच्चले संविधान संशोधन गरेको आरोप पनि लगाए ।

    एमाले सत्ताबाट हट्नु परेकोमा चिन्तित नभएको जिकिर गर्दै सांसद ज्ञवालीले शक्ति पृथकीकरण खलबलिएकोमा चिन्तित बनेको बताए ।

    निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालमा उल्लेखनीय काम गरेको सांसद ज्ञवालीले दाबी गरे । उनले ओलीलाई जनताले वर्षौंसम्म सम्झिरहने बताए । ओलीले नेपालको मिचिएको भूमि लिम्पियाधुरासहितको चुच्चे नक्सा सार्वजनिक गरेको, सगरमाथाको उचाइँ नापेकोलगायतका राष्ट्रले गौरभ गर्न लायक काम गरेको सुनाए ।

  • ३ श्रावण २०७८, आईतवार १९:३९ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images