अदालतले देउवालाई प्रधानमन्त्री बनाएको होइन, संवैधानिक सर्वोच्चता देखाइदिएको हो : रिजाल
  • CIA Khabar

  • काठमाडौँ।   सत्तासीन दल नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालले शेरबहादुर देउवालाई सर्वोच्च अदालतले प्रधानमन्त्री बनाएको भनेर जिकिर नगर्न विपक्षीलाई आग्रह गरेका छन् ।

    आइतबार संसदमा प्रधानमन्त्री देउवाले मागेको विश्वासको मतमाथिको छलफलमा भाग लिँदै उनले संसद जोगाउन संविधानले गरेको व्यवस्था अनुसार दिइएको स्वविवेकको अधिकार नदिएर मिलेमतो गरिएकाले अदालत जानु परेको बताएका हुन् ।

    संसद जोगाउन संविधानको धारा ७६ को उपधारा ५ मा व्यवस्था गरिएको विवेकको मत दिने धारा भत्काउने हुँदा अदालत गएका हौं । मिलेमतोमा काम गर्नेलाई संवैधानिक सर्वोच्चता छ भनेर सम्झाउन गरेको हो, रिजालले भने ।

    उनले सरकार कसरी चलाउनु पर्छ भन्ने कुरा कांग्रेसले सिकाउने बताए ।

  • ३ श्रावण २०७८, आईतवार १९:५९ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images