काठमाडौंबाट नयाँ दिल्ली सातामा ६ वटा उडान सञ्चालन हुने
  • CIA Khabar

  • काठमाडौँ । नेपाल र भारतबीच भएको एयर बबल सम्झौताअनुरुप काठमाडौँ–नयाँ दिल्ली गन्तव्यमा सातामा ६ वटा उडान सञ्चालन हुने भएको छ ।

    यसअघि नयाँ दिल्लीमा साताको दुई उडान हुँदै आएकामा अब छ उडान हुने भएको हो ।

    सम्झौताअनुरुप नेपालले प्रस्ताव गरेबमोजिम उडान सङ्ख्या बढेको र छिट्टै उडान तालिका बनाइने नेपाल वायुसेवा निगमका प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिइन ।

    उनकाअनुसार अब नयाँ दिल्लीमा काठमाडौँबाट सोमबार, बुधबार र शनिबार निगमको जहाजले उडान भर्नेछ ।

    यसअघि दुई उडान कायम रहेका बेला निगमले बुधबार र भारतको एयर इन्डियाले शुक्रबार उडान भर्ने गरेका थिए । अहिले दुवै एयरलाइन्सले समान तीन उडान पाएका हुन् ।

    यात्रुको सहजतालाई ध्यानमा राखी एयर इन्डियासँग समन्वय गरी उताको उडान हुने बार नजुध्ने गरी निगमले उडान तालिका बनाएको निगमले जनाएको छ ।

    उडान तालिका मिलाउँदा हरेक दिन उडान सञ्चालन हुनेछ ।

  • ५ श्रावण २०७८, मंगलवार ०८:१९ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images