माधव नेपाललाई भेट्न कोटेश्वर पुगे प्रचण्ड र उपेन्द्र
  • CIA Khabar

  • काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड तथा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले एमाले वरिष्ठ नेता माधव नेपालसँग भेट गरेका छन् ।

    सुरुमा प्रचण्ड र नेपालबीच भेट भएको थियो । त्यसपछि उपेन्द्र यादव कोटेश्वर पुगेका थिए । बेग्लाबेग्ले भएको भेटमा सरकारमा सहभागिताका बारेमा कुराकानी भएको बुझिएको छ ।

    प्रधानमन्त्री देउवाले विश्वासको मत पाएपछि जसपाको उपेन्द्र यादव पक्ष सरकारमा सहभागी हुने तयारीमा छ । एमालेको माधव पक्षलाई पनि सरकारमा सहभागी गराउन नेताहरूले प्रयास गरिरहेका छन् ।

    नेताहरूले यस विषयमा गठबन्धनको बैठक बसेर छलफल गर्ने तयारी गरेका छन् ।

  • ५ श्रावण २०७८, मंगलवार ०९:५९ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images