प्रधानमन्त्री देउवाद्वारा प्रचण्ड पत्नी दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी
  • CIA Khabar

  • काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

    मंगलबार प्रचण्डलाई भेट्न प्रधानमन्त्री देउवा खुमलटारस्थित उनकै निवासमा पुगेका हुन् । सो अवसरमा देउवाले सीता दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।

    प्रतिनिधिसभाको विश्वासको मत प्राप्त गरेसँगै प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तार लगायतका विषयमा गठबन्धनका नेताहरुसँगको भेटघाटलाई तीव्रता बनाएका छन् ।

  • ५ श्रावण २०७८, मंगलवार १९:१४ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images