बक्र इदको अवसरमा बुधबार सार्वजनिक बिदा
  • CIA Khabar

  • काठमाडौँ । सरकारले इस्लाम धर्मावलम्बीहरुको महान पर्व बक्र इद अर्थात ईदउल अजहाको अवसरमा बुधबार सार्वजनिक बिदा दिएको छ ।

    सोमबारको मन्त्रिपरिषद्को निर्णयअनुसार बुधबार सबै सरकारी कार्यालय, निकायहरु र विदेशस्थित नेपाली नियोगहरुमा सार्वजनिक विदा दिईएको हो ।

    गृहमन्त्रालयका प्रवक्ता सहसचिव जनकराज दाहालले मंगलबार एक सूचना जारी गर्दै बुधबार एक दिन सार्वजनिक विदा हुने जनाएका छन् ।

  • ५ श्रावण २०७८, मंगलवार १९:२९ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images