काठमाडौँ । भारतमा थप ४२ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
तीन महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ४२ हजार १२३ जनामा संक्रमण भएको छ । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड १२ लाख १५ हजार १४२ पुगेको छ ।
यो समाचार तयार पार्दासम्म भारतमा ४ लाख १३ हजार ६३०जना संक्रिय संक्रमित छन् ।
यस्तै त्यहाँ एकै दिन ४८९ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख १८ हजार ५१२ पुगेको छ ।