काठमाडौं । नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको आज ३९ औं स्मृति दिवस मनाइदैछ । नेपालको प्रजातान्त्रिक आन्दोलनका शिखर पुरुष विपि कोईरालाको ६८ बर्षको उमेरमा निधन भएको थियो।
३९ वर्ष अघि आजकै दिनमा २०३९ साउन ६ गते कोइरालाको निधन भएको थियो । विपि कोईरालाको शवयात्रा गरिएको थियो । उनको शवयात्रामा जनसागर नै उर्लिएको थियो ।
विपिको स्मृति दिवसलाई स्मरण गर्दै टुइटर प्रयोगकर्ता सन्तोष खडेरीले विपि प्रती श्रद्धासुमन व्यक्त गर्दै शवयात्राको भिडियो पोष्ट गरेका छन् ।
बिपी कोईरालाको शवयात्राको दुर्लभ भिडियो।
आज ०६ साउन (२१ जुलाई)
३९ बर्ष आजैका दिन वि.सं. २०३९ साउन ०६ (सन् १९८२ जुलाई २१) का दिन नेपालका पूर्वप्रधानमन्त्री एवं नेपालको प्रजातान्त्रिक आन्दोलनका शिखर पुरुष बिपी कोईरालाको ६८ बर्षको उमेरमा निधन भएको थियो।
बिपी प्रती श्रद्धासुमन! pic.twitter.com/52FIBRppaf— Santosh Khaderi (सन्तोष खडेरी) (@SantoshKhaderi) July 21, 2021