नेपालमा थप ३० कोरोना संक्रमितको मृत्यु
  • CIA Khabar

  • काठमाडौँ । नेपालमा फेरि कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा ३० जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मृत्यु भएका र २४ घण्टामा विवरण प्राप्त भएकाहरु गरी जम्मा ३० जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

    मन्त्रालयका अनुसार सीसीएमसी, नेपाली सेनाद्वारा कोभिड १९ को शव व्यवस्थापन तथ्यांकको आधारसहित सो संख्यामा मृतक थपिएका हुन् ।

    योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ९ हजार ६३७ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

  • ६ श्रावण २०७८, बुधबार १६:३८ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images