गाँजासहित एक जना पक्राउ
  • CIA Khabar

  • मकवानपुर । मकवानपुरको मनहरि गाउँपालिका–८ बाट गाँजासहित एक जना पक्राउ परेका छन् ।

    हेटौँडा नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अबैधरुपमा ल्याइएको लागुपदार्थ गाँजा फेला परेपछि ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ ।

    मनहरिका प्रहरीले बिहान ३ बजे सडकमा रोकिराखेको ना८ख ८२८४ नम्बरको ट्रकभित्र खानतलासी गर्दा ८१ किलो ३५० ग्राम गाँजा फेला पारेकाले चालकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता जयश्वर रिमालले बताए ।

    ट्रक चालक मकवानपुरकै राक्सिराङ गाउँपालिका–४ बस्ने वर्ष ३५ का बाबुराम नेगी रहेका र घटनाबारे अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

  • ६ श्रावण २०७८, बुधबार १८:०६ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images