चीनबाट थप ८ लाख डोज खोप आइपुग्यो
  • CIA Khabar

  • काठमाडौँ । चीनबाट आज थप ८ लाख डोज कोरोना विरुद्धको भेरोसेल खोप नेपाल ल्याइएको छ । खोप लिएर नेपाल वायुसेवा निगमको विमान आज दिउँसो आइपुगेको हो ।

    सरकारले चिनियाँ कम्पनी सिनोफार्मसँग खरिद गरेको खोप ल्याइएको हो । यसअघि गत असार २५ गते ८ लाख डोज ल्याइएको थियो।

    निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलका अनुसार थप खोप लिन आज राति ११ बजे निगमको जहाज बेइजिङ उड्नेछ ।

    बाँकी डोज ल्याउन शनिबार उक्त जहाज फेरि बेइजिङ जाने कार्यक्रम छ । नेपालले चीनको खोप उत्पादक कम्पनी सिनोफर्मसँग ४० लाख डोज खोप खरिद गरेको हो ।

    अबको तीन दिनभित्र २५ लाख खोप आउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    यसअघि चीनले १८ लाख खोप अनुदानमा दिएको थियो। प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटामा चिनियाँ राजदूरत होउ यान्छीले थप १६ लाख खोप अनुदानमा दिन लागेको बताएकी थिइन्।

  • ७ श्रावण २०७८, बिहीबार २१:०३ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images