मध्यपहाडी राजमार्ग र कालिगण्डकी करिडोर अवरुद्ध
  • CIA Khabar

  • काठमाडौँ । निरन्तरको वर्षातका कारण आएको पहिरोले बागलुङ जिल्लाका दुई सडक अवरुद्ध भएका छन् ।

    मध्यपहाडी राजमार्गको बागलुङ नगरपालिका–३ बोक्से र कालिगण्डकी करिडोरको बागलुङ नगरपालिका–१३ गलुवामा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए ।

    हिजो बिहानैदेखि दुईवटै सडक अवरुद्ध भएको हो । कालिगण्डकी करिडोर १८ दिन अवरुद्ध भएपछि तीन दिनअघि मात्रै सञ्चालनमा आएको थियो ।

    वर्षासँगै आएको लेदोले मध्यपहाडीको बोक्सेमा सडक अवरुद्ध हुँदा सिगाना जाने वैकल्पिक सडक प्रयोग गरेर यात्रुलाई गन्तव्यमा पठाइएको छ ।

    लोकमार्ग एकतर्फी खुलाउने प्रयास भइरहेपनि सडकमा लेदो खस्ने काम रोकिएको छैन ।

  • ८ श्रावण २०७८, शुक्रबार ०८:११ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images