विद्यार्थीलाई पैसा नलाग्ने सिमकार्ड
  • CIA Khabar

  • पाल्पा । रविकिरण माध्यमिक विद्यालय रम्भा ३ पिपलडाँडा पाल्पाका विद्यार्थीहरुलाई रम्भा गाउँपालिकाले फोन गर्दा पैसा नलाग्ने सिमकार्ड वितरण गरेको छ ।
                   कोभिडको समयमा अनलाइन कक्षा चलिरहेका बेला फोन गर्दा पैसा नलाग्ने सिम पाए पछि विद्यार्थीमा उत्साह बढेको छ । गाउँपालिकाले संघिय सरकारको सशर्त अनुदानबाट विद्यालयको कक्षा ४ देखि १० सम्मका १ सय ३९ जना विद्यार्थीहरुलाई सिम वितरण गरेको हो । विद्यार्थी र शिक्षकहरुले एक आपसमा फोन गर्दा पैसा नलाग्ने क्लोज यूजर ग्रुप सिमकार्ड वितरण गरेको हो ।
               विद्यार्थीहरुलाई ग्रुप भित्र कल गर्न नि:शुल्क हुने सिम पाएपछि शिक्षक संगको सिकाइमा विद्यार्थीको चासो बढेको प्रधानाध्यापक केश बहादुर सारुले बताउनुभयो। जुनसुकै बेला समस्या परेमा विद्यार्थीहरुले सोझै शिक्षक संग सोध्न मिल्ने भन्दै विद्यार्थीहरुका लागि सहज भएको बताउनुभयो । विद्यार्थीहरुले सम्बन्धित शिक्षकहरु संग प्रश्नोत्तर गर्न सहज हुने र शिक्षण सिकाई प्रभावकारी हुने भएकाले यो कार्यक्रम अनलाइन कक्षाका लागि निकै प्रभावकारी भएको गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद भण्डारीले बताउनुभयो ।
               सिमकार्ड नेपाल टेलिकम पाल्पाले वितरण गरेको हो ।

  • १० श्रावण २०७८, आईतवार २०:०० प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images