काठमाडौँ । केही दिनयता काठमाडौँ उपत्यकामा कोरोना संक्रमण बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाएको छ ।
पछिल्लो २४ घण्टामा मात्रै उपत्यकामा ६१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
एक साताअघिसम्म दैनिक ४ सयको हाराहारीमा संक्रमित संख्या रहेकोमा पछिल्लो समय बढ्दै गएर दैनिक ६ नाघेको हो ।
मन्त्रालयका अनुसार शुक्रबार काठमाडौँमा ४१०, ललितपुरमा १३४ र भक्तपुरमा ६९ जना कोरोना संक्रमित थपिएका हुन् । हिजो ७५१ जना संक्रमित थपिएका थिए ।