चितवनमा सैनिक हत्या प्रकरणमा उनकै साथी पक्राउ
  • CIA Khabar

  • चितवन । चितवनमा भएको एक सैनिकको हत्यामा संलग्न रहेको अभियोगमा उनकै साथी पक्राउ परको छन् ।

    जिल्ला प्रहरी कार्यालय चितवनले हत्या आरोपमा भरतपुर महानगरपालिका-२० का गंगाधर ढकाललाई पक्राउ गरेको हो ।

     

    बिहीबार भरतपुर १७ मा नेपाली सेनाका हवल्दार भरत गुरुङको शव भेटिएको थियो। फरेन्सिक जाँचमा उनको बायाँ कन्चटमा गोलि हानिएको देखिएको थियो।

    चितवनका एसपी ओम अधिकारीका अनुसार ढकालले जग्गा कारोबारमा आठ लाख रुपैयाँको लागि हत्या गरेको प्रहरी समक्ष बयान दिएका छन् ।

  • ८ श्रावण २०७८, शुक्रबार १८:२० प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images