काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्दैछ ।
बिहान ९ बजे कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निजी निवासमा डाकिएको बैठकमा पार्टीको आगामी महाधिवेशनकै विषयमा छलफल केन्द्रित हुने नेता डा.प्रकाशशरण महतले जानकारी दिए ।
क्रियाशील सदस्यता विवाद टुंग्याउन समय लागेकाले महाधिवेशनको मिति नसर्ने गरी अरु कार्यतालिका भने हेरफेरको विषय बैठकमा छलफलमा आएको छ । यसबारे आजको बैठकले निर्णय गर्ने सम्भावना रहेको महतले बताए ।
शुक्रबार बसेको बैठकमा महाधिवेशन निर्धारित समयमै गर्ने गरी अन्य अधिवेशनको तालिका हेरफेर गर्ने सम्बन्धमा छलफल भएको थियो ।
कांग्रेसको गत असार ४ गते सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले पार्टीको १४औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने संशोधित कार्यतालिका पारित गरेको थियो ।
संशोधित कार्यतालिकाअनुसार यही साउन १२ गते गाउँरनगर वडा अधिवेशन शुरू गरेर क्षेत्र, जिल्ला हुँदै भदौ २ गतेसम्म प्रदेश अधिवेशन सक्नुपर्ने कार्यतालिका निर्धारण गरिएको छ ।