विप्लव र महन्थ ठाकुरबीच भेटवार्ता
  • CIA Khabar

  • काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ राजनीतिक भेटवार्तामा सक्रिय भएका छन् ।

    उनी शीर्ष नेतालाई भेट्न उनीहरूकै निवास पुग्दै आएका छन् । पछिल्लो विकसित घटनाक्रमको विषय र आफूले ओली सरकारसँग गरेको तीन बुँदे सहमति कार्यान्वयनको दबाबका लागि भेटवार्ता गरिरहेका विप्लवले राजनीतिक स्थिरताका विषयमा नेताहरूसँग छलफल गरिरहेको बताइएको छ।

    उनले माओवादी नेताहरूलाई भेटेर एउटै मोर्चा बनाउन प्रस्ताव गरेका छन् भने नेपालमा सबै कम्युनिस्ट एक भएर अघि बढ्नुपर्ने बताउँदै आएका छन् ।

    यसैक्रममा विप्लवले आज जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता गरेका छन् ।

    शनिबार पार्टीका अर्का नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’सँगै विप्लव ठाकुर निवास पुगेका थिए ।

    दुई नेताबीच पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भएको थियो ।

  • ९ श्रावण २०७८, शनिबार १६:३३ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images