स्रोत नखुलेको ४० लाख रुपैयाँसहित एक जना पक्राउ
  • CIA Khabar

  • काठमाडौं । झापामा स्रोत नखुलेको ४० लाख ३७ हजार रुपैयाँसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

    शनिबार दिउँसो १२ बजे झापा गाउँपालिका- २ बेलाईतिवारीबाट स्थानीय ५० को गौरी मण्डललाई भारतबाट नेपालतर्फ ल्याउँदै गरेको ४० लाख ३७ हजार ६७० रुपैयाँसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

     

    इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले मण्डललाई पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि भद्रपुर भन्सार कार्यालयमा बुझाइने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

  • ९ श्रावण २०७८, शनिबार १८:०८ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images