काठमाडौँ । जापानमा जारी टोक्यो ओलम्पिक अन्तर्गत महिला फुटबलमा अमेरिकाले शानदार जित निकालेको छ ।
शनिबार भएको खेलमा अमेरिकाले न्युजिल्याण्डलाई ६-१ गोलले हराएको हो ।
अमेरिकाको जितमा रोज लाभेल्ली, लिन्डसे होरन, क्रिस्टिन प्रेस र एलेक्स मोर्गनले एकरएक गोल गरिन् । दुई गोल भने अमेरिकाले आत्मघाती उपहार पाएको थियो ।
न्युजिल्याण्डका अब्बे एर्चेग र क्याथरिन बोटले आत्मघाती गोल गर्दा बेट्से हासेटले एक गोल फर्काइन ।
योसँगै अमेरिकामा पहिलो जित निकालेको छ । समूह ‘जी’ मा रहेको अमेरिका पहिलो खेलमा अमेरिका स्वीडेनसँग पराजित भएको थियो ।