नवनियुक्त स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले लिए शपथ
  • CIA Khabar

  • काठमाडौँ । स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त नेपाली कांग्रेसका सांसद तथा निजी विद्यालय सञ्चालक उमेश श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आयोजिक कार्यक्रममा राज्यमन्त्री श्रेष्ठले प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष शपथ लिएका हुन् ।

    शपथपछि सञ्चारकर्मीसँग छोटो प्रतिक्रिया दिँदै राज्यमन्त्री श्रेष्ठले कोरोना रोकथाम तथा नियन्त्रणका लागि खोप नै पहिलो प्राथमिकता रहेको बताए ।

    प्रधानमन्त्रीको सिफारिशमा श्रेष्ठलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आजै राज्यमन्त्रीमा नियुक्त गरेकी थिइन् ।

  • १० श्रावण २०७८, आईतवार १८:५८ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images