एमाले एकता जोगाउन कार्यदल सदस्य र सांसदहरूबीच छलफल
  • CIA Khabar

  • काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता भीम रावलले एकता कार्यदलले गरेको १० बुँदे सहमति अनुसार नै पार्टीलाई एकतावद्ध गर्नुपर्ने बताएका छन् ।

    आइतबार सिंहदरबारमा एमाले एकताका लागि प्रयास गरिरहेका सांसदहरुले आयोजना गरेको छलफल कार्यक्रममा रावलले अहिले आफूहरु एकताको नजिक रहेकाले कार्यदलले जुटाएको सहमतिमा अगाडि बढाउनुपर्ने बताएका हुन्।

    विगतका गल्ती कमजोरीलाई समीक्षा गर्नुपर्ने र समयसँगै अब अन्तरविरोधहरु कम गर्दै लैजानुपर्ने उनले बताए । रावलले १० बुदे सहमतिका लागि अधिकतम प्रयास गरेको र यसलाई कार्यान्वयन गराउनका लागि सांसदसँग आग्रह गरिएको धारणा राखे । उनले एमाले एकताबद्ध भएर अघि बढ्ने विश्वास व्यक्त गरे ।

    अर्का सांसद कृष्ण प्रसाद दाहालले १० बुँदे सहमति हुँदाहुँदै पनि समस्याहरु समाधान हुन नसकेकाले एकतामा समस्या भएको बताए । स्वार्थ केन्द्रीत विवादलाई अन्त्य गर्नुपर्नेमा सांसदहरुको जोड रहेको उनले बताए ।

    अन्य सांसदहरुले पनि १० बुदेँ सहमतिकै सेरोफेरोमा रहेर नै पार्टीलाई एकतावद्ध गर्नुपर्ने जनाएका थिए । एमाले एकता अभियानमा रहेका सांसदहरुले कार्यदलमा रहेका दुवै पक्षका संयोजकसँग छलफल गरेको हो ।

  • १० श्रावण २०७८, आईतवार १९:२१ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images