सांसद नारदमुनिको अभिव्यक्तिपछि संसदीय समितिमा चर्काचर्की
  • CIA Khabar

  • काठमाडौँ । संसद पुनःस्थापना र सरकार गठनका विषयमा संसदीय समितिमा सांसदहरूबीच चर्काचर्की परेको छ ।

    सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षका सांसद नारदमुनि रानाले अहिलेको संसद र सरकार परमादेशले बनाएको भनेपछि सांसदहरुबीच चर्काचर्की परेको हो ।

    सांसद नारदमुनि रानाको अभिव्यक्तिपछि काँग्रेस, माओवादी र माधव नेपाल पक्षका सांसद आक्रोशित बनेका थिए । एमाले वरिष्ठ नेता माधव नेपालले प्रतिगमनको पक्ष लिने व्यक्ति समितिमा बस्न लायक नभएको भन्दै आक्रोश व्यक्त गरे । त्यस्तै अन्य सांसदहरुले प्रतिनिधिसभा जनमतले बनाएको भन्दै अमर्यादित कुरा नबोल्न चेतावनी दिए । सांसदहरूले रानालाई बैठकबाट निकाल्न सभापति पवित्रा निरौलाको ध्यानाकर्षण गराएका थिए ।

    बैठकमा सभापति निरौलाले समिति कुनै राजनीतिक पार्टीको बैठकस्थल नभएकोले समितिले दिएको विषयमा केन्द्रीत हुन आग्रह गरेकी थिइन् । त्यसअघि बैठकमा एमालेका वरिष्ठ नेता नेपालले संसद फेरि पुनःस्थापना गर्न सफल भएकोमा त्यसका लागि सहयोग गर्ने सबै पक्षप्रति आभार व्यक्त गरेका थिए । उनले संसदलाई प्रभावकारी बनाएर लैजानुपर्ने धारणा राखे । उनले सरकारले पूर्णता पाइनसकेको बताउँदै सरकार पूर्ण भइसकेपछि समितिले गरेका निर्णयहरूलाई कार्यान्वयन गराउनुपर्ने बताए ।

    समिति सभापति निरौलाले समितिको निर्णय कार्यान्वयन गर्नका लागि समिति क्रियाशिल रहेको बताइन् । उनले समितिको काम कारवाहीलाइ प्रभावकारी बनाउनुपर्नेमा जोड दिइन् ।

  • १० श्रावण २०७८, आईतवार २०:४२ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images