पाल्पा । नमुना विद्यालयको रुपमा चिनिएको पाल्पा रामपुर नगरपालिकाको रामतुलसी माविको एक टोलीले विद्यालयको समग्र विकासको लागि शिक्षा मन्त्रालयको टोली संग भेट गरेको छ ।
गुणस्तरीय शिक्षा तथा भौतिक संरचनामा फड्को मार्दै अगाडि बढेको रामतुलसी माबिले सामुदायिक विद्यालयमा यसै बर्ष देखि मन्टेश्वरी ( पुर्व बालविकास ) कक्षा चलाएको छ । विद्यालय व्यबस्थापन समितिका अध्यक्ष बिष्णु प्रसाद पौडेल र सदस्य अशोक श्रेष्ठ सहितको टोलीले शिक्षा मन्त्रालयका सहसचिव हरि लम्साल संग भेट गरि विद्यालयको समग्र विकासका लागि जानकारी गराएको हो । टोलीले शैक्षिक सत्र २०७८ देखि संचालन गर्न शुरु गरेको पुर्व प्राथमिक बाल विकास कक्षाको लागि नेपाली र बिदेशी अभ्यास र समन्वयबाट मन्टेश्वरीलाई आवश्यक सामाग्री उपलब्ध गराइदिन अनुरोध गरेको छ ।
केन्द्रबाट नमुना विद्यालय घोषणा समेत भइसकेको रामतुलसी माबिले जिल्लामा नै पुनः नमुना काम गर्न थालेकोमा विद्यालयको समग्र विकास र कोभिडको जटिल परिस्थितिमा शिक्षामा भएका अभ्यास र अबको शिक्षालाई सिकाइ मैत्रीमा जोड दिन मन्त्रालयले खेल्ने भुमिकामा विद्यालयलाई अग्रपंक्ति राख्न मन्त्रालयका सहसचिव संग आग्रह गरिएको रामतुलसी माबि व्यनस्थापन तथा संचालन समितिका अध्यक्ष बिष्णु प्रसाद पौडेलले बताउनुभयो । विद्यालयले भौतिक संरचना निर्माण गरि यस बर्षदेखि आबश्यक शिक्षक, सहयोगीको व्यबस्था गरेर पुर्व बाल बिकास कक्षा शुरु गरिसकेको छ । शिक्षामा जिल्ला र छिमेकी जिल्लाहरुमा पनि केही फरक र अहिलेको शिक्षामा अत्यन्तै आवश्यक पर्ने कक्षा चलाउन सामुदायिक विद्यालय लाग्नुपर्छ भन्ने मान्यताले अगाडि बढेका हौ,अध्यक्ष पौडेलले भन्नुभयो- हाम्रो यो अनुरोधलाई शिक्षा मन्त्रालयको विशेष ध्यानाकर्षण भएको छ । टोलीमा रहनुभएका विद्यालय संचालन समिति सदस्य अशोक श्रेष्ठले मानव जिवनको रेखा कोर्ने शिक्षालाई पठनीय बनाउन त्यस्तै वातावरण चाहिने अभिप्रायले नमुना बालबिकास कक्षाको अबधारणा ल्याएको बताउदै यसलाई दिगो संचालनको लागि मन्त्रालय संग आबश्यक छलफल गरिएको जानकारी दिनुभयो ।
हाल रामतुलसी माबिले झण्डै साढे २ रोपनी क्षेत्रफलमा पुर्व बालविकासको अबधारणा ल्याएर खाजाघर, खेल खेल्ने ठाउँ सहित मन्टेश्वरीको ब्लक निर्माण गरेको छ । अबको विद्यार्थी स्कुल जान नपाएर रुने अवस्थाको सिर्जना गराउने गरि सामुदायिक विद्यालयले मन्टेश्वरी संचालनको तयारी थालेको हो । विद्यालयले बालबिकास कक्षामा आबश्यक शिक्षक, सहयोगीको व्यबस्था गरि अगाडी बढेको छ ।