कांग्रेस पदाधिकारी बैठक आज, महाधिवेशनदेखि मन्त्रिपरिषद विस्तारसम्मका विषय छलफलमा
  • CIA Khabar

  • काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ ।

    बिहान ९ बजे पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बस्नै बैठकमा पार्टीको आसन्न १४औँ महाधिवेशन र मन्त्रिपरिषद विस्तारसम्मका विषय छलफलमा रहेको नेता डा.प्रकाशशरण महतले जानकारी दिए ।

    बैठकमा कांग्रेसले क्रियाशील सदस्यता विवाद हल गर्न गठित छानविन समितिले प्रतिवेदन बुझाउने तयारी पनि गरेको छ । समितिको उक्त प्रतिवेदनलाई आधार मानेर क्रियाशीलता सदस्यता विवादलाई लिएर पार्टी कार्यालयमा जारी धर्ना र अनसनरत नेता कार्यकर्ताको माग सम्बोधनको तयारी पनि भएको छ ।

    आजको बैठकमा फेरफेर भएका महाधिवेशनका कार्यतालिकालाई कसरी अघि बढाउँदै महाधिवेशन निर्धारित मितिमै अघि बढाउन सकिन्छ भन्नेबारेमा पदाधिकारीहरुले राय दिने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । साउन १२ का लागि तय भएको कांग्रेसको वडा अधिवेशन स्थगित भइसकेको छ । कांग्रेस महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म गर्ने कार्यतालिका छ ।

    आजको बैठकमा मन्त्रिपरिषद विस्तारका विषयमा पनि छलफल हुने जनाइएको छ । सभापति देउवाले सल्लाह नै नगरी स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गरेपछि कतिपय नेताहरु रूष्ट छन् । उनीहरुले यसबारे प्रश्न उठाउने तयारी गरेका छन् ।

  • १२ श्रावण २०७८, मंगलवार ०८:३६ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images