सीमा क्षेत्रमा गोली चल्दा आसाम प्रहरीका ६ जवान मारिए
  • CIA Khabar

  • काठमाडौं । आसाम र मिजोरमको सीमा क्षेत्रमा भएको भिडन्तमा आसाम प्रहरीका ६ जना मारिएका छन् । आसामका मुख्यमन्त्री हिम्मत विश्व सरमाले ट्वीटरमार्फत् यसको जानकारी दिएका हुन् । मारिनेहरु सीमा सुरक्षामा खटिएका जवानहरु हुन् ।

    आसाम र मिजोरमको सीमामा सोमबार सुरक्षा बल र आम नागरिकबीच झडप भएको थियो । झडपमा गोलीसमेत चलेको थियो ।

    यो घटनाका कारण आसामका मुख्यमन्त्री सरमा र मिजोरमका मुख्यमन्त्री जोरामथांगाबीच आरोपप्रत्यारोप चलेको थियो । केन्द्रीय गृहमन्त्री अमित शाहले दुवै राज्यका मुख्यमन्त्रीलाई शान्ति सुव्यवस्था कायम राख्न निर्देशन दिएका थिए ।

    आसाम र मिजोरमबीच लामो समयदेखि विवाद छ । मिजोरम र त्रिपुराबीचमा पनि सीमा विवाद छ । यी विवाद मिलाउन भारतको केन्द्र सरकारले हस्तक्षेपसमेत गरेको थियो ।

    सीमा विवादकै कारण गत वर्ष पनि यहाँ तनावको स्थिति सिर्जना भएको थियो ।

    आसाम र मिजोरमबीच १६५ किलोमिटर लामो सीमा जोडिएको छ । सीमा निश्चित गर्ने प्रयास सन् १९९५ देखि नै चल्दै आएको छ तर अहिलेसम्म यो कामले पूर्णता पाएको छैन । यही कारण दुई राज्यबीच बेलाबेलामा विवाद हुने गर्दछ ।

    आसामको लैलापुर जिल्ला विवादित सीमा क्षेत्रमध्ये एक हो । यसको ठूलो क्षेत्रमा मिजोरमले दाबी गर्दै आएको छ । यही विवादका कारण यहाँका धेरै व्यक्तिहरुले सरकारी सुविधा पनि पाएका छैनन् ।

    गत वर्ष आसामका एक जना सरकारी अधिकारीले भनेका थिए ‘भारतमा अहिले पनि धेरै लद्दाखहरु छन्, जहाँ सीमा विवाद सदियौंदेखि चल्दै आएको छ, थाहा छैन कहिलेसम्म चलिरहन्छ ।’

  • १२ श्रावण २०७८, मंगलवार ०९:४२ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images